Introduction

प्रस्तावना

घरेलु, व्यापारिक, औद्योगिक तथा अन्य उपयोगको लागि नीजि क्षेत्रको सहभागितामा खानेपानी आपूर्ति तथा सरसफाई सम्बन्धी परियोजनाको निर्माण, कार्यान्वयन तथा संचालन गरी विभिन्न क्षेत्रमा नियमितरुपले स्वच्छ खानेपानी तथा सरसफाई प्रणालीको समुचित व्यबस्था गरी सर्बसाधारण जनताको स्वास्थ्य र सुबिधा कायम राखी शहरी विकासमा सहयोग पुर्याउने उद्येश्यले यस संस्थाको स्थापना गरिएको छ |

पृष्ठभूमी

लालबन्दी नगरपालिका (साविक गा.वि.स. लालबन्दी, पत्थरकोट र जब्दी), र नेत्रग‌ंज, रानिगंज, परवानिपुर तथा नारायणखाेला गा.वि.स. समायोजन भई निर्माण भएको हो । यस नगरपालिकाको कूल क्षेत्रफल २३८.५ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ५९,३९५ (जनगणना २०६८ अनुसार) रहेको छ । यस नगरपालिकामा १७ वटा वडा रहेका छन् । यो सर्लाही जिल्लाकै सबैभन्दा बढी क्षेत्रफल भएको नगरपालिका हो । यस नगरपालिकाको केन्द्र वडा नं. ६ स्थित साविक लालबन्दी नगरपालिकाको कार्यालयमा अवस्थित रहेको छ । पूर्व पश्चिम महेन्द्र लोकमार्ग अवस्थित लालबन्दी बजार यस नगरपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो ।

सरसफाई संस्था

खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लागि आवश्यक प्रशासन सहायक १ , लेखा सहायक १ , जिन्सी सहायक १ र मिटर रिडर २ का लागि प्रकृयागत ढंग बाट लिएको लिखित, कम्युटर सिप परिक्षण र अन्तर्वार्ता वाट परिक्षा संचालन समितिले सिफारिस गरिएका सफल तथा वैकल्पिक उम्मेदवारहरुको अन्तिम नामावली आवशयक सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

 

 

  • Mr. Basu Dev Adhikari
    President
  • Mr. Mukunda Kumar Shrestha
    President